एप्पललाई ८ बर्ष पछि पछि पार्दै माक्रोसफ्ट कम्पनी शीर्ष स्थनमा उक्लिएको छ।
माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा बढी मूल्य भएको कम्पनी बन्न सफल भएको हो। उसको बजार मूल्य ७५३.३ अर्ब डलर पुगेको छ। एप्पल भने सन् २०१० देखि शीर्ष स्थानमा रहदैं आएकोमा यस बर्ष दोस्रो स्थानमा झरेका छ।
एप्पल कम्पनी गत अगस्टमा अमेरिकाको बजार मूल्यमा १ हजार अर्ब डलर बन्दा मार्केट भ्यालू ७४६.८ अर्बमा पुगेको थियो। एप्पलको उत्पादन आइफोनको बजार घट्नु नै कम्पनी दोस्रो स्थानमा झर्नुको मूख्य कारण मानिएको छ।
अमजेन ७३६.६ अर्ब डलरका साथ तेस्रो स्थानमा हुँदा गुगल ७२५.५ अर्ब डलर सहित चौथो स्थानमा रहेको छ।