आजकाल धेरैका मोबाइलमा विदेशी नम्बरबाट मिसकल आउने गरेको छ । यस्ता मिसकल एकघण्टीका मात्र आउन गरेका छन् । नेपाल दूरसन्चार प्राधिकरणले यस्ता एकघण्टीवाला मिसकलमा कलब्याक नगर्न र विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।प्राधिकरणका अनुसार यसरी गरिने मिसकल स्क्यामहरु हुन् ।
यस्ता सावधानी अपनाउनुस्
१. विदेशी अपरिचित नम्बरबाट आएको छ भने त्यस्ता कल नउठाउनुस् ।
२. विशेषगरी पोल्याण्ड, मलेसिया, अमेरिका, जर्मन, दक्षिणी सुडान, साउदी अरेबियालगायतका देशबाट आएका फोनमा विशेष सतर्क हुनुहोस् ।
३. यी देशबाट फोन आउने अपेक्षा छ भने पहिले एसएमएस या इमेलबाट नम्बर प्राप्त गरी सेभ गर्नुस् ।
४. यदि यस्ता एकघण्टीवाला फोन उठाउन भ्याइएन भने पछि कलब्याक नगर्नुस्, वास्ता नगर्नुस् ।
५. यदि बारम्बार यसरी अपरिचित विदेशी नम्बरबाट मिसकल आइरहन्छ भने त्यस्ता नम्बरलाई ब्लक गर्न सक्नुहुनेछ ।
६. कुन देशबाट कल आएको छ भनेर थाहा पाउन सक्नुहुन्न भने कन्ट्रीकोडलाई गुगलमा खोज्न सक्नुहुनेछ ।
७. पुरस्कार पर्यो भनेर दाबी गरिएका कुनै पनि फोनकल या इमेलका विषयमा प्रतिक्रिया नजनाउनुहोला ।
८. यदि शंकास्पद कल आउछ भने नेपाल दुरसन्चार प्राधिकरण या सुरक्षा निकायलाई खबर गर्नुस् ।
९. यस्ता कल ब्लक गर्न धेरै खालका एप उपलब्ध छन् । त्यसरी पनि सकिएन भने कन्ट्री कोडलाई नै ब्लक गर्न सकिन्छ ।
१०. स्क्यामबाट सुरक्षित रहनेसम्बन्धी आफूले पाएका सूचना परिवार र साथीभाइलाई बाँड्नुहोस् ।
अपरिचित फोन आउने देश र तिनको कन्ट्री कोड
+७ रुस
+२० इजिप्ट
+२७ दक्षिण अफ्रिका
+४० रोमानिया
+४१ स्वीजरल्याण्ड
+४४ बेलायत
+४९ जर्मन
+५२ मेक्सिको
+५६ चिली
+६२ इण्डोनेशिया
+६८ समोआ
+९१ भारत
+९२ पाकिस्तान
+९६माल्दिभ्स
+९८ इरान
+२१२ मोरक्को
+२१६ ट्युनिसिया
+२२० गाम्बिया
+२२१ सेनेगल
+२२२ मौरीटानिया
+२२३ माली
+२२४ गिनी
+२२५ कोटे डी आइभोरी
+२२७ नाइजर
+२२८ टोगो
+२२९ बेनिन
+२३२ सियरा लियोन
+२३४ नाइजेरिया
+२३५ चाड
+२४८ सिसलिस
+२४९ सुडान
+२५२ सोमालिया
+२५४ केन्या
+२५५ तान्जानिया
+२५६ युगान्डा
+२५७ बुरुन्डी
+२६५ मलावी
+२६९ कोमोरस
+३१६ नेदरल्याण्ड्स
+३७० लिथुवानिया
+३७१ लाटभिया
+३७५ बेलारुस
+३८० युक्रेन
+३८१ सर्बिया
+३८७ बोस्निया हर्जगोभिया
+४८७ कजाखस्तान
+५०९ हैटी
+५६३ भाल्पाराइसो
+६७५ पपुआ न्युगिनी
+६७६ टोंगा
+६७९ फिजी
+६८६ किरीबाटी
+८५५ कम्बोडिया
+९६२ जोर्डान
+९६६ साउदी अरेबिया
+९९४ अजरबैजान