गुगल कम्पनीले यौन दुव्र्यवहारको आरोप लागेका ४८ जनालाई जागिरबाट बर्खास्त गरेको छ । निकालिनेमा १३ वरिष्ठ म्यानेजरसहित ४८ जना छन् । उनीहरुलाई दुई वर्षदेखि यौन उत्पीडनको आरोप लागेको थियो ।
गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचाईले आफ्नो कर्मचारीको नाममा जारी एक पत्रमा दुुव्र्यवहारको आरोप लागेका व्यक्तिहरुमाथि यो कडा निर्णय लिइएको बताएका छन् ।
कार्यकारी अधिकृत पिचाईले न्युयोर्क टाइम्सको समाचारको जवाफमा उक्त पत्र लेखेका हुन् । त्यसमा उनले एन्ड्रोइड निर्माता एन्डी रुबिनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९ करोड डलरको प्याकेज दिएर बिदा गरेको उल्लेख गरेका छन् । तर यौन उत्पीडनको आरोपलाई रुबिनका प्रवक्ताले अस्विकार गरेका छन् । रुबिनले २०१४ मा गुगल छाडेका थिए । त्यतिबेला उनलाई भव्य रुपमा बिदाई गरिएको थियो ।
पिचाईले आफ्नो कर्मचारीलाई अझ बढी सुरक्षित कार्यक्षेत्र दिन तत्पर रहेका जनाएका छन् । उनले यौन उत्पीडनसंग सम्बन्धित आरोपको अनुसन्धानपछि यो निर्णय लिइएको बताएका छन् ।