सामाजिक सञ्जाल ट्वीटरले सबै खालका राजनीतिक विज्ञापनलाई प्रवितबन्ध लगाउने भएको छ। ट्वीटरले आफूलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएको छ।
ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावककारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने बताएका छन्। यसको विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ। ट्वीटरमा राजनीतिक विज्ञापन बन्दको समाचारसँगै यसले अमेरिकाको राजनीतिमा तरंग ल्याइदिएको छ।
राजनीतिज्ञ र आम–मानिसह यसको पक्ष र विपक्षमा देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चुनावी प्रचार प्रमुख ब्रेड पास्कलले ट्वीटररको निर्णय राष्ट्रपति ट्रम्प र कन्जरवेटिब्सहरुलाई कमजोर गराउने निर्णय भएको आरोप लगाएका छन्। उता राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी जो वाइडनका प्रवक्ता बिल रुसोले भने यो कदमले लोकतन्त्रको जीत हुने दाबी गरेका छन्। यो प्रतिबन्ध आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने बताइएको छ।
पछिल्लो राष्ट्रपतीय निर्वाचनमा पराजित डेमोक्रेटिक उम्मेद्वार हिलरी क्लिन्टनले टीव्टरको फैसलालाई स्वागत गर्दै फेसबुकलाई पनि आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेकी छन्।