संसारको सबैभन्दा लामो तथा गहिरो रेल्वे सुरुङ अस्तित्वमा आएको छ । यसको दूरी ५७ किमि छ ।
स्विट्जरल्यान्डस्थित अल्पस पर्वतमा निर्माण गरिएको यो सुरुङले उत्तर तथा दक्षिणी युरोपलाई रेल्वेमार्फत जोड्नेछ । सुरुङले युरोपमा उपभोग्य वस्तुहरूको ढुवानी तथा यात्रुको यात्रा समयलाई आधा कटौती गरेको छ ।
१७ वर्ष लगाएर निर्माण गरिएको सुरुङको लागत १२ खर्ब ३६ अर्ब ९० करोड रुपैयाँभन्दा बढी छ । सुरुङमा एकैपटक २ रेल आउजाउ गर्न सक्छन् ।
यो रेल सेवा स्विस एल्पसको ज्युरिचदेखि लुगानोसम्म फैलिएको छ । यसअघि विश्वकै सबैभन्दा लामो सुरुङको रेलमार्ग रहेको जापानको ५३.९ किमिको सेइकन टनेल (सुरुङ मार्ग) अहिले विश्वको दोस्रो लामो टनेलका रूपमा दरिन पुग्यो । यस्तै बेलायतको ५०.५ किमि लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग बनेको छ । -एजेन्सीको सहयोगमा