गुगलले हङकङका २१० वटा युट्युव च्यानलहरु बन्द गराएकाे छ। त्यहाँकाे जारी आन्दाेलनका कारण ती च्यानल बन्द गरिएकाे बीबीसीले जनाएकाे छ।
हङकङमा जारी आन्दाेलन भड्काउने र गलत सन्देश दिने सामाग्रीहरु अपलाेड गरेकाे पाइएएपछि गुगलले युट्युव च्यानल बन्द गराएकाे हाे ।हङकङ आन्दोलनसँग सम्बन्धित गलत विषयवस्तु राखिएको भन्दै यसअघि ट्विटर र फेसबुकले पनि सामग्री हटाएको थियाे।
उनीहरुले चीन सरकारको तर्फबाट आन्दोलनको विरुद्धमा दिएका विज्ञापन रोकिएको समेत उल्लेख गरेका थिए ।