विश्वभर अहिले फेसएपको प्रयोग बढ्दो छ । यो एप मार्फत बुढो उमेरमा देखिने सम्भावित तस्वीरहरु सामाजिक सञ्जालमा रमाईलोका लागि पोस्ट गरिरहेका छन् । यो एपले कुनै पनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो उमेरको तस्वीर देखाउने गरेको छ ।
तर तपाईलाई जति यो काम गर्दा आनन्द लागेको छ यसको खतरा पनि त्यत्तिकै नै छ । रुसमा बनेको यो एपले फोटो बनाउँदा सर्वरसम्म कनेक्ट हुन पुग्छ । फेस एप प्रयोगकर्ताले एउटा तस्वीर दिए पनि तपाईबाट थुप्रै कुराहरु लिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जुन सूचनाहरु तपाईबाट एप मार्फत लिइरहेको छ, त्यो भविष्यमा गलत तरिकाले प्रयोग पनि हुन सक्छ ।
यो एपले तपाईको फोनको सूचना लिइसकेको छ । उक्त सूचना पछि विज्ञापनको रुपमा प्रयोग गर्न सक्छ । यसैगरी तपाईको आदतबारे पनि यसबाट अनुसन्धान गर्न सजिलो हुन्छ । त्यसैले यसलाई विज्ञापन गर्ने हतियारका रुपमा पनि प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।
रुसमा बनेको यो फेस एपका विषयमा अमेरिकाको सिनेटमा पनि बहस शुरु भएको छ । त्यहाँको सिनेटका अल्पसंख्यक नेता चक शुमरले फेस एपको जाँच गर्न माग गरेका छन् । उनले ट्वीटर मार्फत ‘फेस एप चिन्ताजनक कुरा भएकाले यसले अमेरिकी नागरिकको डाटा विदेशीले लिइरहेका छन् ।’