नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ आज( सोमबार)देखि अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ । अपरान्ह ४ बजेबाट परिक्रमा थालेको हो ।नेपालमा दैनिक ४ पटकसम्म देखिने यो स्याटलाइटले नेपाली आकाशमा ४० मिनेट बिताउनेछ।
यो स्याटलाइटले पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गर्ने भूउपग्रह निर्माता एवं नाष्टका प्राविधिक हरिराम श्रेष्ठले बताए।
ग्राउण्ड स्टेसन भने अहिलेसम्म तयार भएको छैन । नाष्टले गत चैत १९ गते उपकरण खरिदका लागि भनेर २१ दिनको सूचना निकालेर बोलपत्र आहृवान गरेको थियो।