सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरेको छ ।
२०१८ अक्टोबरदेखि २०१९ को मार्चसम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को प्रथम त्रैमासिकमा बन्द गरिएको हो ।
फेसबुकका अनुसार मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको पनि खुलासा भएको छ ।
सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ मुख्य अवरोधको सामना गर्नुपरेको थियो । सोही वर्षको पहिलो ६ महिनामा चाहीँ ८ देशमा गरी ४८ वटा मुख्य अवरोधको सामना गरेको थियो ।
-एजेन्सीको सहयोगमा