चीनको संघाई फाइभ जी कभरेजका लागि विश्वको पहिलो सहर बनेको छ । संघाईले आफू फाइभ जी कभरेज र ब्रोडब्रान्ड कनेक्टिभिटी र नेटवर्क भएको विश्वको पहिलो सहर बनेको दाबी गरेको छ ।
नेक्स्ट जेनेरेशन मोबाइल नेटवर्कको मामलामा अमेरिका र अन्य देशहरू लाई पछाडि पार्ने प्रयासमा चीन जुटेको छ । फाइभ जी मोबाइल टेक्नोलोजीको नेक्स्ट जेनेरेसन हो । जसले हालको फोरजी नेटवर्कको तुलनामा १० देखि सय गुणासम्मको तीव्र स्पिड दिन्छ ।
चाइना डेलीका अनुसार, संघाईमा फाइभ जी कभरेज र ब्रोडब्यान्ड नेटवर्क तयार भइसकेको छ । फाइभ जी लन्चका अवसरमा सांघाईका उपमेयर बु किङले विश्वकै पहिलो फाइभ जी फोर्डेबल फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए ।
सय अर्ब डलर आम्दानी भएको चिनियाँ कम्पनी हुवावेले अमेरिकालगायत कैयौं देशमा फाइभ जी परीक्षणलाई लिएर विरोध भइरहेका छन् ।
-एजेन्सी