विश्वको प्रख्यात कम्पनी गुगलले विश्वभरकै मानिसहरुको हरेक गतिविधि निगरानी गर्ने गरेको खुलासा भएको छ।
एन्ड्रोइड र आइफोनमा रहेका आफ्ना सेवामार्फत् गुुगलले मानिसहरुका गतिविधिमार्फत् निगरानी गर्ने एक अध्ययनबाट पत्ता लागेको हो। स्मार्टफोनको पर्सनल सेटिङ्समार्फत गुुगलले प्रयोगकर्ता कहाँ जान्छन् भन्नेबारेमा निगरानी राख्ने गरेको हो।
अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार मोबाइलको लोकेसन सेटिङ बन्द गर्दा पनि गुुगलको नजर प्रयोगकर्तामा हुन्छ। यो व्यक्तिको निजी गोपनियताका लागि खतरापूर्ण भएको विज्ञको भनाइ छ। गुगल भन्छ–यसबाट प्रयोगकर्ता कहाँ छ भन्नेबारे रेकर्ड राख्न सजिलो हुन्छ।
‘लोकसेन हिस्ट्री बन्द गरेपछि पनि तपाईं कहाँ गइरहनुु भएको छ भन्नेबारे गुगलमा स्टोर गर्न सकिदैंन, यो सत्य होइन, तर यस्तो स्थितिमा गुगलका केही एप्समार्फत् अटोमेटिकल्ली लोकेसन डेटा सुरक्षित राख्न सकिनेछ,’ गुगलले आफ्नो सपोर्ट पेजमा लेखेको छ।
यहीकारण मानिसको व्यक्तिगत गोपनियता प्रभावित भइरहेको र यसबाट विश्वमा गुुगल एन्ड्रोइड र आइफोनमा गुुगल म्याप प्रयोग गर्ने लाखौं–करोडौं मानिस प्रभावित हुनेछन्।
प्रिन्स्टन युनिभर्सिटीका पूर्व फेडरल कमिसन इन्फोर्समेन्ट ब्यूरोका चिफ टेक्नोलोजिस्ट भन्छन्, ‘प्रयोगकर्ताले लोकेसन डेटा अफ गर्दा पनि उसको निगरानी राख्नु गलत हो। यदि लोकेसन हिस्ट्री अफ गर्ने सुविधा दिइन्छ भने पूर्ण रुपमा रेकर्डबाहिर हुनुुपर्छ।’