बढ्दो उमेरसँगै मानिसहरु अवकाशपछिको जीवनका बारेमा योजना बनाउन थाल्छन्–पढाई, राम्रो जागिर र अन्त्यमा एक आरामदायी जिन्दगी ।
तर के जिन्दगीका लागि यति नै काफी छ त?
यी सबै आवश्यक चिज हुन् । तर यी सबै व्यक्त गरिन्छन् । यी कुरा भन्न कोही हिच्किचाउँदैन ।
उमेर बढेसँगै यौन आवश्यकताका बारेमा भने सार्वजनिक रुपमा कसैले कुरा गर्दैन । कति मानिसहरु सोच्न सक्लान्, हजुरबा/हजुरआमाबीच यौनसम्बन्ध हुन सक्छ भनेर ?
हालै रिलिज भएको फिल्म ‘बधाई हो’ मा बढ्दो उमेरको यस्तै सम्बन्धलाई देखाउने कोशिश गरिएको छ ।
वृद्धावस्थामा यौनसँग अलग रहनु कति जायज ?
धार्मिक मान्यताअनुसार वृद्धावस्थालाई जिन्दगीको चौथो चरण अर्थात् सन्यास भनिन्छ । अर्थात् बुढो भएपछि सम्पूर्ण भोगविलास छाडेर इश्वर आराधनामा लिप्त हुने समय । तर के यौनलाई वृद्धावस्थाबाट अलग राख्नु सही हो ?
यसको उत्तर हलिउड अभिनेतृ जुडी डेन्चको अन्तर्वार्ताले दिन्छ । उनले भनेकी छन्, ‘सेक्स र अन्तरंग सम्बन्ध जिन्दगीको महत्वपूर्ण आवश्यकता हो, यसको रहर कहिल्यै कम हुँदैन ।’
प्लेब्वाई पत्रिकाका संस्थापक ह्यु हेफ्नरले ८६ वर्षको उमेरमा बिहे गरे । भारत, नेपालजस्ता देशमा यस्तो बिहे देखिन्छ ? सायद छैन । दक्षिण एशियाली समाजमा वृद्धावस्थामा देखिने कामुकतालाई तल्लोस्तरबाट हेर्ने गरिन्छ । फिल्मी रोमान्समा भर्खरका युवालाई मात्र देखाइन्छ । हिरो ५५ वर्षको भएपनि कपाल, अनुहारलाई जवान देखाउने प्रयास गरिन्छ ।
बुढी हिरोइन न कल्पना पनि गरिदैंन ।
यद्यपि निःशब्द, वंस अगेन, चिनीकमजस्ता फिल्ममा यस्ता ढर्रालाई परिवर्तन गर्ने प्रयास गरिएको छ । यी फिल्मी कथालाई पर्दाभित्र र पर्दाबाहिर स्वीकार गर्न सहज छैन ।
वृद्धहरुको अनुभव ?
चेन्नईमा बस्ने ६४ वर्षीय गोविन्दराजको पनि तितो अनुभव छ । उनी भन्छन्, ‘सामाजिक सन्जाल र डेटिङ साइट्समा कयौं महिला जोडिएका छन्, तर जब शारीरिक सम्बन्धतिर बढ्छ, महिलालाई चिन्ता हुन्छ । महिलालाई लाग्छ हामी बुज्रुग हौं, त्यसहिसाबले निकै बोल्ड छौं ।’
बल्लभ कनन उमेरका हिसाबले ६० लागिसकेका छन् । बिहे भएको २८ वर्ष पुगिसकेको छ । उनी सन्तुष्ट यौन जिन्दगी बिताइरहेका छन् । तर पत्नीसँग रोमान्स गर्दैगर्दा उनलाई त्रास हुन्छ, कतै छोराछोरीले देखिरहेका त छैनन् ? कारण हो, आफूहरुको रोमान्स देखेर छोराछोरीले कतिपटक त कराइसकेका पनि छन् । एकपटक उनी पत्नीको हात समाएर पार्कमा टहलिइरहेका थिए । मानिसहरु उनीहरुलाई फर्की–फर्की हेरिरहेका थिए, मानौं उनीहरु अश्लील हर्कत गरिरहेका छन् ।
वृद्धावस्थाको रोमान्समा रोकावट उत्तरभारतमा बढी छ । पन्जाबका ६५ वर्षीय सुरेन्द्रलाई पनि यस्तै समस्या छ । यो उमेरमा उनको यौनेच्छा अझ कायम छ । तर उनी सार्वजनिक रुपमा भन्न सक्दैनन् । बजारमा जाँदा कुनै सुन्दर युवती देखे भनेपनि सम्पूर्ण दिन उनीहरुको बारेमा सोचिरहन्छन् ।
वृद्धावस्थामा यौन सक्रियता फाइदाजनक छ ?
अनुसन्धानहरुले पुष्टि गरेका छन् सेक्सुअल क्रियाबाट शरीरमा अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनमा वृद्धि हुन्छन् । अक्सिटोसिन तनाव कम गर्न सहायक हुन्छ । यसले उच्च रक्तचाप र हार्ट स्ट्रोकको सम्भावना पनि नियन्त्रण गर्छ । एन्डोर्फिन एक प्राकृतिक पेनकिलर हो, जसले शरीरको पीडा कम गर्छ ।
प्रौढावस्थासँग कयौं समस्या हुन्छ्न, जस्तो कम्मर दुख्ने, जोर्नी दुख्ने आदि । एन्डोर्फिनले यस्ता पीडालाई कम गर्न मद्दत गर्छ ।
अर्को महत्वपूर्ण कुरा । मेनोपज पछि महिलामा गर्भ रहने खतरा हुँदैन । यस्तो अवस्थामा प्रौढहरु गर्भनिरोधकको चिन्ताविना यौन सुख उठाउन सक्छन् ।
शारीरिक लाभका अलावा सेक्स जीवनशैलीमा महत्वपूर्ण भूमिका निभाउछ । सुरक्षित रुपमा सहमतिबाट राखिएको सम्बन्धको नियम जिन्दगीमा अपनाउनुपर्छ ।
अनि, उमेर ५५ होस् या ७५, मन बच्चा हुनुपर्छ र सम्बन्ध जवान राख्नुपर्छ । बीबीसीबाट