Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
नरैनापुरमा ‘झोले चिकित्सक’ !
स्पेसखबर
स्पेसखबर बाँके, १२ मंसिर
नरैनापुरमा ‘झोले चिकित्सक’ !
सांकेतिक तस्बिर ।

स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधि अभाव हुँदा गाउँमा ‘झोले चिकित्सक’को दबदबा कायम छ ।

४५ हजार जनसंख्या रहेको नरैनापुर गाउँपालिकामा ६ स्वास्थ्यचौकी छन्, तर औषधिको अभाव भने सधैँ भइरहन्छ । नरैनापुरका गाउँहरुमा ‘झोले चिकित्सक’ले स्वास्थ्य सुविधा धानिरहेका छन् । ‘झोले चिकित्सक’कै उपचारका कारण वर्षेनी ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । गाउँमा कोही बिरामी हुँदा ‘झोले चिकित्सक’ बोलाइन्छ, बिरामीको मृत्यु हुन्छ, परिवारमा केही दिन रुवावासी हुन्छ, घटनाको चर्चा विस्तारै सेलाउँदै जान्छ र ‘झोले चिकित्सक’ले उन्मुक्ति पाउँछ ।

नरैनापुरमा ३५ भन्दा बढी ‘झोले चिकित्सक’ रहेको अनुमान छ । यिनै ३५ ‘झोले चिकित्सक’ले धानेको स्वास्थ्य सुविधाकै कारण धेरैले ज्यान गुमाउँछन् । यसको मुख्य कारण स्वास्थ्यचौकीमा चिकित्सक नहुनु र भए पनि उपचारका लागि चाहिने प्रविधि र औषधिको अभाव हुनु भएको नरैनापुरका बासिन्दाको भनाइ छ ।

नरैनापुरमा ६ वडा छन्, हरेकमा कम्तीमा दुईका दरले ‘झोले चिकित्सक’ छन् । मुस्किलले १० कक्षासम्म पढेका र भारतको बहराइचलगायत केही सहरका क्लिनिकमा एक/दुई वर्षमात्र प्रशिक्षण लिएर सीमावर्ती गाउँमा ठूलै डाक्टरका रुपमा आफ्नो क्लिनिक स्थापित गर्ने ३५ भन्दा बढी ‘झोले चिकित्सक’ले नरैनापुरको स्वास्थ्य सेवा धान्दै आएका छन् ।

‘झोले चिकित्सक’बारे जब कसैको मृत्यु हुन्छ, अनि मात्रै चर्चा हुन्छ । केही समय चर्चा हुन्छ, त्यसपछि सामान्य स्थिति कायम गर्दै ‘झोले चिकित्सक’ले पुनः आफ्नो पेसा सुरु गर्छन् । बाँकेको नरैनापुर गाउँपालिकामा मंसिर १६ गते ‘झोले चिकित्सक’को उपचारबाट दुई जनाको ज्यान गएपछि चिकित्सकले चर्चा पाए । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा नरैनापुर ५, मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका ७ऽ गेंदवाका २८ वर्षीय मालिकराम धोबीको ज्यान गयो । घरमा मुन्डनको कार्यक्रममा भोज खाएपछि गयाराज र मालिकरामलाई बान्ता भएपछि उनै ‘झोले चिकित्सक’ सिंहलाई बोलाइएको थियो ।

बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले उनै ‘झोले चिकित्सक’ सिंहको उपचारपछि बिरामीलाई निको हुनुको साटो दुवैको मृत्यु भयो । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, “उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ज्यान गयो ।” दुई जनाको मृत्यु घटनामा संलग्नता रहेका सिंहको खोजी भइरहेको इलाका प्रहरी कार्यालयको भनाइ छ ।

“करिब २५ वर्षदेखि गाउँमा अवैध उपचार गरेर बस्दै आएका उनै ‘झोले चिकित्सक’ राजेश सिंहको यो पहिलो घटना होइन”, स्थानीय मयाराम धोबीले भने, “धेरै मान्छेको मृत्यु भयो तर मृत्युको जाँच नभएका कारण कुरा खुलेन ।” तीन दिनअघि फेरि दुईको ज्यान गयो । मृत्युपछि दुवैको शव परीक्षणपछि अन्त्येष्टि गरिएको छ ।

घटनापछि स्थानीय स्वास्थ्य अवस्थाबारे प्रश्न खडा भइरहँदा स्वास्थ्यचौकी मटेहिया, गङ्गापुर, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयामा समयमा औषधि नपुग्ने गरेको गुनासो बाहिर आएको छ । स्वास्थ्यचौकी मटेहियाका इन्चार्ज प्रेम बुढाले समयमा औषधि नभएका कारण पटक-पटक बिरामी फर्काउनुको विकल्प नरहेको बताए । “अर्डरअनुसार औषधि प्राप्त हुँदैन”, उनले भने, “अहिले सामान्य औषधि सिटामोलसमेत छैन ।” स्वास्थ्यचौकीबाट समयमा माग नआएका कारण औषधि अपुग हुनगएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताए । “समयमै औषधि माग नगरेपछि अभाव हुनु स्वभाविक हो”, उनले भने, “खपत भएकैले औषधि सकिनु ठूलो कुरा होइन ।” स्वास्थ्य संयोजक खाँले गाउँपालिकाभित्र रहेका अवैध औषधि पसलहरुको तथ्यांक लिन सुरु गरेको बताए ।

सोमबार दुई जनाको मृत्यु भएपछि मंगलबार घटनास्थल पुगेकी प्रदेशसभा सदस्य कृष्ण केसीले पीडित परिवारसँग भेट गर्दै नरैनापुर क्षेत्रमा रहेका अवैध औषधि पसलहरु बन्द गर्न निर्देशन दिएको बताइन् । उनले भनिन्, “गाउँमा रहेका अवैध क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएका छौँ, अब यस्ता घटना दोहोरिनुहुँदैन ।” -रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६, ०२:४२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
  • चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
तराईमा तातो हावा चल्न थाल्याे , 'लु'बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
होम तथा यज्ञको धार्मिक र वैज्ञानिक महत्व
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा
नर्सिङ संघकाे चुनाव आज
नर्सिङ संघकाे चुनाव आज
ज्योतिले दिएको खुसी...
ज्योतिले दिएको खुसी...
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
अस्थायी साधनमा भन्दा गर्भपतनमा आकर्षण
  • ताजा समाचार
  • ट्रेण्डिङ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
पाण्डे पुर्पक्षका कारागार चलान 5
पाण्डे पुर्पक्षका कारागार चलान
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP