भक्तपुरमा पनि डेंगु संक्रमण देखिएको छ । अहिलेसम्म भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण देखिएकाले जिल्लालाई उच्च जोखिम मान्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यसवर्ष चार दोब्बर डेंगुको बिरामी भेटिएको बताए । भक्तपुर अस्पताल अहिले २ जनाको र १० जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरमा डेंगुको संक्रमण परीक्षण गर्न किट नहुँदा जचाउँनका लागि टेकु अस्पताल रिफर गर्नुपरेको छ ।
न्यौपानेका अनुसार गत वर्ष ३ जनामा मात्रै डेंगु देखिएको र यस वर्ष संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत जनचेतना फैलाउने अभियान आरम्भ गरिएको छ ।
डेंगु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झाडी नराख्न, फोहोर नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।