नीति आयोगको तथ्यांकअनुसार उत्तर प्रदेश र बिहारमा स्वास्थ्य सुविधाको अवस्था भने सबैभन्दा नाजुक छ ।
तथ्यांकअनुसार भारतका राज्यहरुमध्ये सबैभन्दा उत्कृष्ट स्वास्थ्य सुविधा केरलमा छ भने सबैभन्दा खराब सुविधा उत्तर प्रदेशमा रहेको हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
तथ्यांकअनुसार भारतको सबैभन्दा राम्रा स्वास्थ्य सुविधा केरल, आन्ध्र प्रदेश, महाराष्ट्र, गुजरात तथा पन्जाबमा पाइन्छ । तर, सबैभन्दा खराब स्वास्थ्य सुविधा भने उत्तर प्रदेश, बिहार, ओडिसा, मध्य प्रदेश तथा उत्तराखण्ड रहेको मानिन्छ ।
योसँगै मुलुकका २१ ठूला राज्यमध्ये १२ राज्यमा पुरुषको तुलनामा महिलाको संख्यामा कमी आएको छ । यसरी महिलाको संख्या कमी हुने राज्यमा गुजरात, महाराष्ट्र, राजस्थान तथा हिमाचल प्रदेश छन् ।