प्रकृतिले नै मानिसलाई सुत्ने, उठ्ने र काम गर्ने शारिणी बनाइदिएको हुन्छ । हरेको समय आफ्नै हुन्छ । खाने, सुत्ने, काम गर्ने समय निर्धारित गरिएको छ । सामान्यत: मानिस राति सुत्छ, बिहान उठ्छ अनि दिउँसो काम गर्छ । तर, यो भागदौडको जिन्दगीलाई मीठो निद्राको आवश्यकता पनि उत्तिकै पर्छ । मानिसलाई स्वस्थ रहन पनि मीठो निद्राको पनि उत्तिकै आवश्यक पर्छ ।
यही मीठो निद्राका लागि हामीले निम्न तरिका अपनाउन सक्छौं र स्वस्थ रहन सक्छौं । मानिसलाई स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा पनि यसैकारण अपरिहार्य मानिएको हो । पर्याप्त निद्रा नभए डाइबिटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै बजन बढ्ने समस्या देखापर्न सक्छ ।
१. सर्वप्रथम निद्रा खराब हुने कारणहरूबाट बच्न जरुरी हुन्छ । जस्तै धेरै रातिसम्म टीभी हेर्नु, भोजहरूमा संलग्न हुनु आदि ।
२. कफी, चिया, चिसो ड्रिङ्क्सहरू, चकलेट, निकोटिनयुक्त पदार्थ एवं अल्कोहल खानु हुँदैन ।
३. सुत्नुअघि आफ्नो शरीर र दिमागलाई दैनिक कामको बोझबाट हटाएर आराम गर्न दिनुपर्छ, दिउँसोको सबै तनावलाई भुल्नुपर्छ ।
४. यसका लागि आफूलाई मन पर्ने किताब, आनन्द दिने संगीत सुन्ने तथा सम्भव भए हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मीठो निद्रा पर्न सक्छ ।
५. सुत्ने एउटा समय बनाउने, दैनिक त्यही समयमै सुत्ने बानी बसाल्न सके मीठो निद्राको आनन्द लिन सकिन्छ ।
६. साँझको खाना हेभी नखानुस् । पेट डम्म हुनेगरी खाने बानी भए सुधार्नुपर्छ । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्याउँछ ।
७. चर्को प्रकाशमा सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
८. ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
९. सुत्नुअघि कसरत नगर्नुस् । कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच ४ घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।
१०. मनमा गुम्सिएका कुरा डायरीमा लेख्नुस् । मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुन्छ ।