५० वर्षभन्दा माथिका उमेर पुगेकालाई लक्षित गरी हामीले यो सामग्री प्रस्तुत गरेका छौं । विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारिएको यो सामग्रीले तपाईंहरुलाई केही हदसम्म भए पनि सहयोगी बन्ने छ । यसलाई सावधानीपूर्वक पढौं । किन भने यो उनीहरुको आउने जीवनका लागि अत्यन्त महत्त्वपूर्ण छ । अहिले पहिलेजस्तो समय छैन । अघिल्लो जन्मको कर्जा पछिल्लो जन्ममा चुकाउनुपर्छ । तर, आधुनिक युगमा सबैकुरा हातहातै छ ।
सुखमय वृद्धावस्था
१. स्वयं आफ्नो स्थायी निवासमा रहौं ता कि स्वतन्त्र जीवन जिउनेको आनन्द लिन सकियोस् ।
२. आफ्नो बैंक ब्यालेन्स तथा भौतिक सम्पत्ति आफूसँगै राखौं, अति प्रेममा परेर अरुको नाममा गरिदिने नसोचौं ।
३. आफ्ना बच्चा (सन्तान) को प्रतिबद्धतामा निर्भर नबनौं ता कि वृद्धअवस्थामा उनीहरुले आफ्नो सेवा गर्लान् । किनभने समय परिवर्तनसँगै उनीहरुको प्राथमिकता पनि परिवर्तन भइहाल्छन् । कहिलेकाहीं चाहँदा नचाहँदै पनि उनीहरुले केही गर्न सक्दैनन् ।
४. उनीहरुलाई मात्र आफ्नो मित्रको समूहमा सामेल गराउनुहोस् । जो तपाईंको जीवन खुसी देख्न चाहन्छ । यानि सच्चा हितैषी मित्र होस् ।
५. कसैसँग आफ्नो तुलना नगर्नुहोस् र कसैसँग कुनै पनि कुराको अपेक्षा पनि नराख्नुहोस् ।
६. आफ्ना सन्तानको जीवनमा दखल दिने (हस्तक्षेप गर्ने)काम नगरौं । उनीहरुलाई आफ्नै तवरले जीवन जीउन दिउँ । आफू आफ्नै तवरले जीवन बिताउने प्रयत्न गर्नुहोस् ।
७. तपाईं आफ्नो वृद्धावस्थाको आधार बनाएर कोही सेवा गर्नेवाला तथा सम्मान पाउने प्रयास पनि कहिल्यै नगर्नुहोस् ।
८. अरुका कुरा त सुन्नुहोस् तर आफ्नो स्वतन्त्र विचारका आधारमा निर्णय लिनुहोस् ।
९. प्रार्थना गर्नुहोस् तर भीख कहिल्यै नमाग्नुहोस् । यतिसम्म कि भगवान् (ईश्वरसँग) पनि कहिल्यै भीख नमाग्नुहोस् । यदि ईश्वरसँग केही माग्नु नै छ भने माफी र हिम्मत मात्रै माग्नुहोस् ।
१०. आफ्नो स्वास्थ्यको ध्यान (ख्याल) स्वयं राख्नुहोस । चिकित्सकीय परीक्षणका अलावा आफ्नो आर्थिक हैसियतअनुसार राम्रो र पौष्टिक भोजन खानुहोस् ।
अर्को कुरा सम्भव भएसम्म आफ्नो काम आफ्नै हातबाट गर्नुहोस् । सानातिना दु:खप्रति ध्यान नदिनुहोस् । उमेरसँग-सँगै सानातिना शारीरिक दु:ख त भइहाल्छ नि ।
११. आफ्नो जीवनको उल्लासपूर्वक जिउने प्रयत्न गर्नुहोस् । स्वयं खुसी रहनुहोस् र अरुलाई पनि खुसी राख्ने प्रयास गर्नुहोस् ।
१२. प्रत्येक वर्ष भ्रमण गर्ने कोसिस गर्नुहोस् । सानातिना यात्रा एकपटक वा पटक-पटक गर्नुहोस् । यसले आफ्नो जीउने दृष्टिकोणलाई नै फरक बनाइदिन्छ ।
१३. कुनै पनि प्रकारको द्वन्द्व, झगडालाई टारौं । तनावरहित जीवन जिऔं ।
१४. जीवनमा स्थायी हुने कुनै पनि कुरा छैन । चिन्ता पनि छैन । यसै कुरालाई विश्वास गर्नुहोस् ।
१५. आफ्नो सामाजिक दायित्व, जिम्मेवारी आफ्नो अवकाशपूर्ण जीवन अगावै पूरा गर्ने प्रयास गर्नुहोस् । याद राखौं जबसम्म आफू आफ्नै लागि जीउन (बाँच्न) सुरु गर्नुहुँदैन तबसम्म तपाईं जीवित रहनुहुँदैन ।