तपाईंलाई डन्डिफोरले सताएको छ ? सुन्दर देखिने चाहनालाई डन्डिफोरले तगारो लगाइदिन्छ । अनुहारमा आउने डन्डिफोरले सताएको छ भने सामान्य घरेलु उपचारबाटै यसको पीडाबाट छुटकारा पाउन सकिन्छ । डन्डिफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।
कागतीको रस
डन्डिफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । यसलाई पानी वा महसँग मिसाएर लगाउँदा प्रभावकारी बन्छ ।
चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डिफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने अनि डन्डीफोर भएको भाग दल्ने । भए थोरै कागती र दही पनि मिसाउन सकिन्छ । केही समयपछि सुखेपछि चिसो पानीले धुने ।
ल्वाङ
डन्डिफोरको समस्याबाट मुक्ति पाउन ल्वाङ गुणकारी मानिन्छ । एक कप पानीमा ल्वाङ उमाल्ने र चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछेर बनाएको पेस्टलाई डन्डिफोर भएको ठाउँमा दल्ने । आधा घण्टा राख्ने र चिसो पानीले धुने ।
मह
महले अनुहारमा भएका डन्डिफोर हटाउने काम गर्छ । डन्डिफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । यसले डन्डिफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो बनाउँछ ।
बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डिफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ । फेसियलपछि बाफ लिँदा छालाले भित्री भागले पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । बाफ लिएपछि छालालाई कपासले पुछ्ने ।
गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छ । गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्त्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छ । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउने अनि आधा घण्टापछि चिसो पानीले पखाल्ने ।
केराको बोक्रा
केरासँगै बोक्राको प्याकले छालालाई कोमल बनाउँछ । डन्डिफोरको समस्या हटाउन यसको प्याकले मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् । दहीसँग केरा मिसाएर लगाउँदा पनि फाइदा हुन्छ । पानीले धोएपछि अनुहारमा बरफ दल्ने र मालिस पनि गर्ने । यसो गर्दा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ ।