मानिस ध्यान किन गर्छन्, यसमा धेरैको जिज्ञासा होला। वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन। यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो। हामीले ध्यान गर्दाका केही फाइदा प्रस्तुत गरेका छौं।
१. मनमा शान्ति
ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ। ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ।
२. तनाव मुक्ति
भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ। यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ। ध्यानले मानिसलाई तनावमुक्त गराउने हुँदा मानिसमा रक्तचाप, मुटुमा कुनै पनि प्रकारको समस्या देखापर्दैन।
३. सकारात्मक सोच
ध्यान गर्दा मानिसमा नकारात्मक सोच हटेर गई सकारात्मक सोच सञ्चार हुन्छ। सकारात्मक सोचले मानिसको व्यक्तित्वमै परिवर्तन ल्याउँछ।
४. शारीरिक तन्दुरुस्ती
शरीरमा राम्ररी रक्तसञ्चार गराउन ध्यानले भूमिका खेल्छ। जसबाट प्रत्येक कोषिकामा ऊर्जा उत्पन्न हुने गर्छ। नियमित गरिने ध्यानबाट रक्तचाप र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण हुन्छ। त्यस्तै, रोगप्रतिरोधी क्षमताको विकासका साथै घाउ, अनिद्रा, जोर्र्नी र टाउको दुखाइबाट राहत पाउन सकिन्छ।
५. चेतना बढाउन
हामीलाई भरपूर विश्व शक्ति ध्यानबाट मिल्छ। निद्राबाट मिल्ने शक्तिभन्दा कैयौं गुणा यो शक्ति ध्यानबाट मिल्छ। यसलाई विशुद्ध सामर्थ्यको नियमका रुपमा पनि अध्ययन गर्न सकिन्छ।
६. रिस घटाउन
रिसाउने बानी विस्तारै घट्दै जान्छ। दिनको सुरुवात पनि सकारात्मक माहोलमा बित्छ।
७. असामान्य शक्ति आर्जन
लगातार लामो समय ध्यान साधना गरे व्यक्तिमा केही असामान्य शक्ति र क्षमता बढ्ने निश्चित छ। जस्तो भविष्यमा हुने घटनाबारे पूर्वजानकारी, कसैको मनको कुरा थाहा पाउन नियमित ध्यानले सहयोग पुर्याउँछ।