मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी वंशाणुगत रोग पनि भन्छौं । खासगरी विलासी जीवनशैली रोज्नेहरु नै मधुमेहको संक्रमणमा पर्छन् । मधुमेहबाट जोगिन खानपानमा सजग रहन आवश्यक छ । यसका लागि सक्रिय र स्वस्थ जीवनशैली आवश्यक पर्छ ।
मधुमेहसँगै उच्च रक्तचाप, मुटुरोग पनि अहिले वंशानुगत रोगका रुपमा देखिएको छ । यस्ता रोगबाट बच्न हामीले म्याग्नेसियमयुक्त खानेकुरालाई प्राथमिकता दिन आवश्यक छ ।
किन म्याग्नेसियम ?
हाम्रो शरीरलाई सधैं स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्याग्नेसियम । हाम्रो शरीरको संरचनामा म्याग्नेसियमको महत्त्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं रोगबाट बचाउँछ ।
खासमा म्याग्नेसियम पनि क्याल्सियम र बोरियम जस्तै एक छारिए तत्त्व हो । म्याग्नेसियमयुक्त खानेकुराले रोग प्रतिरक्षामा सहयोग पुर्याउँछ । यस्तै स्मरण शक्तिलाई मजबुत बनाउन यस्को ठूलो मद्दत रहन्छ ।
क्याल्सियमसँग मिलेर यसले हड्डीलाई मजबुत बनाउन सघाउँछ । गर्भमा रहेको शिशुको विकासका लागि पनि यो अति आवश्यक हुन्छ ।
यी हुन् प्रमुख स्रोत
दही, केरा, सीताफलको बीउ, बदाम, हरियो पत्तेदार तरकारीलगायतमा प्रशस्त म्याग्नेसियम पाउन सक्छौं । यसले इम्युन सिस्टमलाई मजबुत बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि सहयोगी हुन्छ ।