थाइल्याण्डको थाई लुुआङ गुफामा फसेका १३ जनामध्ये आइतबार अपरान्हसम्म ६ जनाको सकुशल उद्धार गरिएको छ ।
शुरूमा दुई बालक चार किलोमिटर लामो गुफा छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जना गुफाबाट बाहिर आउन सफल भएका थिए ।
उनीहरू सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।उद्दार गरिएका ६ जनाको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिने रक्षा मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
बाँकी बालक तथा उनीहरुका प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ ।