Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, June 26, 2022 | आइतबार, असार १२, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
प्रवास
  • गृहपृष्ठ
  • प्रवास
६० हजार नेपाली कोरियाको श्रम बजारमा
स्पेसखबर
स्पेसखबर काठमाडौँ, १२ पुस
६० हजार नेपाली कोरियाको श्रम बजारमा

नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । 

सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको अवसर प्राप्त गरेका वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । 

सन् २००८ देखि २०१८ सम्म सञ्चालित भाषा परीक्षामा झण्डै पाँच लाख युवाले सहभागिता जनाएका थिए । विभिन्न चरणमा सम्पन्न कोरिया भाषा परीक्षामा चार लाख ८३ हजार ४९ युवाले सहभागिता जनाएको शाखाको तथ्याङ्कमा उल्लेख छ । भाषा परीक्षामा सहभागी हुने युवाको उल्लेख्य सहभागिताले दक्षिण कोरिया नेपालीको आकर्षक श्रम गन्तव्य ठहरिएको पुष्टि हुन्छ । एक दशकका अवधिमा ७० हजार ४६९ जनाले भाषा परीक्षा उतीर्ण गरेपनि ६९ हजार ९८ जनाले मात्र रोजगार आवेदन फारम भरेका थिए । 

सन् २००८ देखि नै कोरियाले कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २०१९ मा कोरिया सरकरले यसअघिभन्दा बढी आप्रवासी कामदार भित्र्याउने घोषणा गरेसँगै नेपाली कामदारको माग पनि बढ्न सक्ने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका कारण पनि दक्षिण कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा परेको हाे । 

१६० नेपालीको मृत्यु

सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । डिप्रेशनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् । 

सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले करार अवधिमा एक पटक कामदारले परिवार लैजान सक्ने व्यवस्थापछि आत्महत्याको घटनामा कमी आउने विश्वास व्यक्त गरे । 

मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ, उनले भने, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखापरेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।” रासस

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५, ०६:४८:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
  • एनआरटीद्धारा संकटा पराजित
  • म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
  • काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
  •  २७ जना कोरोना संक्रमित थपिए
  • चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने
मलेसियामा कामदार बोकेको बस दुर्घटना, २ नेपालीको मृत्यु, १२ घाइते
मलेसियामा कामदार बोकेको बस दुर्घटना, २ नेपालीको मृत्यु, १२ घाइते
दुई सय नेपाली मलेसियाकाे जेलमा
दुई सय नेपाली मलेसियाकाे जेलमा
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै
  • ताजा समाचार
  • ट्रेण्डिङ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
दोहोरी गायिका दिलमाया सुनार मृत फेला, एक जना पक्राउ
एनआरटीद्धारा संकटा पराजित
एनआरटीद्धारा संकटा पराजित
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
म त पार्टी एकताको पक्षमा छु हैः वामदेव गौतम
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत
 २७ जना कोरोना संक्रमित थपिए
 २७ जना कोरोना संक्रमित थपिए
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
चित्रबहादुर केसी भन्छन्ः नागरिकता बिधेयक नेपालको हितमा छैन
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
तत्काल मन्त्रीहरुको सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य गर्ने
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत 1
एसपिपी अघि नबढाउने सरकारको निर्णयको संसदमा स्वागत
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 2
नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश 3
घरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन 4
सरकारद्वारा एसपिपी अस्वीकार,सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त 5
राससको अध्यक्षमा वरिष्ठ पत्रकार झा नियुक्त
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP