एनआरएनए नाइजेरियाकाे कार्यबहाक अध्यक्षमा विश्वास पाैडेल चयन भएका छन्। बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लागेकाले पाैडेललार्इ बाँकी कार्यकालका लागि कार्यबहाक अध्यक्षमा चयन गरिएकाे हाे।
पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यसअघि उपाध्यक्ष थिए।
त्यसैगरी संघले युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाँच सय सहयोग गर्ने निर्णय गरेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समितिले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिब अभिषेकमान सिंहलाई संयोजक तोकेको छ ।
यसअघि एनआरएनएको अन्तराष्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा परियोजना सम्पन्न गरिसकेको छ। एनसीसीले अब छैटौं परियोजना नेपालको अर्को नयाँ जिल्लामा चाँडै सम्पन्न गर्ने निर्णय गरेको छ।
संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिति थियो।