साबिकको वीरेन्द्र नगर नगरपालिका ७ हाल राप्ती नगरपालिका ८ चितवन घर भई कुवेतमा कार्यरत इन्द्रमणि देबकोटाको कुवेतको फर्वानिया अस्पतालमा मृत्यु भएको छ।
उच्च रक्तचाप र हातखुट्टा सुन्निएर केही दिनदेखि अस्पताल भर्ना भई उपचार गराइरहेका देबकोटाको शुक्रबार बिहान मृत्यु भएको हो।
चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवकोटीका अनुसार करिब ८,९ बर्षदेखि कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५ बर्षीय देबकोटा पछिल्लो समय जण्डिसबाट ग्रसित थिए। मृतक देबकोटाकी श्रीमति रोजगारीका सिलसलामा हाल इजरायलमा छन्। उनका एक छोरा र एक छोरी छन्।
नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले कानुनी प्रकृयामा सहजिकरणका लागि दुताबासले सक्दो सहयोग गर्ने बताए।