कुवेतमा घरेलु महिला कामदारका रुपमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ।
झापाको गौरादह ५ घर भई कुवेतमा काम गर्दै आएकी ३८ वर्षीया रमा श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठको मृत्युबारे प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आइ नसकेको नेपाली दूतावास कुवेतका द्वितीय सचिब ज्ञानबहादुर मगरले जानकारी दिए।
उनले भने ‘मृतकको पूर्ण जानकारी र रिपोर्ट आए पछि घर–परिवारसंग समन्वय गरी, मृतकले पाउनु पर्ने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै नेपाल पठाउन दुताबासले सहयोग गर्छ।’
मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि १ बर्षदेखि कुवेतमै घरेलु महिला कामदारकै रुपमा काम गर्दै आएकी छिन। छोरी सबिनाले भनिन् ‘म कुवेत आएको एक बर्ष भए पनि ममीसँग भेटन पाएको थिईन। दुई दिनअघि फोनमा कुरा गर्दा छाती तथा ढाड पेट दुखी रहेको बताउनु भएको थियो ममीसँग भेट्नै गर्न पाइएन।’
रमा श्रेष्ठ पटक–पटक गरी ११ बर्षदेखि कुवेतमा कार्यरत थिइन्, उनी ५ बर्षदेखि साहुको घरबाट भागेर अबैधानिक रुपमा लुकी–छिपी काम गर्दै आई रहेकी थिईन।