थाइल्याण्डको थाई लुुआङ गुफामा फसेका १२ विद्यार्थी र उनीहरुका प्रशिक्षकको उद्दारका लागि प्रयासरत एक गोताखोरको मृत्युु भएको छ । थाई जलसेनाका गोताखोर समन गुननको गुफाबाट फर्कने क्रममा मृत्यु भएको हो । उनी विद्यार्थीहरुलाई अक्सिजन पुु¥याएर फर्किरहेका थिए । बाटोमा उनकै अक्सिजन सकिएपछि बेहोस भएर मृत्यु भएको हो । उनलाई तत्काल बाहिर निकालिए पनि ब्युुँताउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
एकजनाको मृत्यु भएपनि उद्दार जारी रहने र यो घटनाबाट कोही पनि त्रसित नहुुन सैनिक अधिकारीहरुले आग्रह गरेका छन् । उद्दारमा १ हजार उद्दारकर्मीहरु सक्रिय छन् ।
गत २२ जुनदेखि हराईरहेका १३ जनालाई १० दिनपछि गत साताको सोमबार फेला पारिएको थियो । त्यसयता उनीहरुलाई उद्दार गर्ने प्रयास भइरहेको छ ।