इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहमद मोर्सीका एक सल्लाहकारसहित १४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।
अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सँजायको फैसला गरेको हो ।
मुस्लीम ब्रदरहुडमा आवद्ध राष्ट्रपतिका आर्थिक सल्लाहकार रहेका अब्दुल्लाह शेहात सन् २०१२ मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका थिए ।
आजीवन जेल सजाँय सुनाइएका शेहात र अरु १३ जनालाई हतियारको कारोबार गरेको र अवैध समूहमा आवद्ध भई जनताको स्वतन्त्रताको अधिकार उल्ङ्घन गरेको आरोप लगाइएको छ ।
अदालतले अरू छ जनालाई १५ बर्षका लागि र दश जनालाई दश बर्षका लागि जेल सजायको पनि आदेश दिएको छ ।
आजीवन जेल सजाय तोकिएकालाई झै उनीहरूलाई पनि उही अभियोग लगाइएको इजिप्टको सरकारी टेलिभिजनले जनाएको छ ।