बिजया दशमीको अवशर पारी अफ्रिकी मुलुक युगान्डामा दशै बिशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ, युगान्डाद्धारा कोलोलो कम्पालामा अवस्थित एइआर लन्ज गार्डेन एन्ड रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुर्बी अफ्रीकाकै बिजनेस टाइकुन डा. सुधिर रुपार्लियाले आफू नेपाल र नेपालीहरुलाइ अत्यन्तै माया गर्ने ब्यक्ति भएको उल्लेख गर्दै ४ पटकको नेपाल भ्रमणमा आफुलाई नेपालका हिमश्रृंखला, पशुपतिनाथको मन्दिर तथा पोखराको मनमोहक रमणीय दृश्यले विशेष आकर्षण गरेको स्मरण गरिन्।
उनले भबिश्यमा पुनः नेपाल भ्रमण गर्ने आफ्नो चाहना भएको बताइन्। उनको सो कम्पनीमा हाल करिब ७० जना नेपाली कार्यरत छन्।
संघका पुर्ब अध्यक्ष रमेश कंडेलले टीका ग्रहण गर्दै नेपाली संस्कृतिलाई ग्रहण गर्न पाउनु निकै भाग्यशाली ठानेको भन्दै डा. रुपार्लियाले जेष्ठ नागरिक पनि भएको हैसियतमा सम्पूर्ण नेपालीलाइ टीका लगाइदिएकी थिइन्।
कार्यक्रम सफल पार्न संघका उपाध्यक्ष बिनोद थापा, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, संस्थापक सदस्य कल्पना अर्याल, महिला संयोजक तारा गिरी लगायतको विशेष योगदान रहेको थियो।
संघका उपाध्यक्ष बिनोद थापाको सभापतित्व सम्पन्न कार्यक्रममा सशक्त महिला श्रीमती बर्षा आचार्यले स्वागत गरेकी थिइन्।