नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन्।
घिमिरेले ८ सय ४९ मत पाएका छन् भने प्रतिस्पर्धी राजकुमार गौतमले १ सय ४३ मत पाएका छन्।
अध्यक्षका अर्का प्रतिस्पर्धी सुशील शर्माले घिमिरेलाई समर्थन गरेपछि घिमिरे र गौतमबीच चुनावी प्रतिस्पर्धा भएका हो । घिमिरे यसअघिका दुई कार्यकालमा महामन्त्री थिए ।
त्यस्तै, महामन्त्रीमा पुरुषोत्तम सुवेदी, दामोदर निर्वािचत भएका छन् । उनले ६ सय ३२ मत पाउँदा प्रतिस्पर्धी जय सापकोटाले ३ सय २५ मत पाएका छन्।
तीनजना उपाध्यक्षमा वकिल केसी, नवीन आचार्य र रमेश कँडेल निर्वाचित भएका छन् । सहमहामन्त्री, कोषाध्यक्ष र कार्य समिति सदस्यमा यसअघि नै निर्विरोध भएको थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय प्रतिनिधि तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।