घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत ४१ बर्षीया दिलमाया राइले आफुले काम गर्ने घरमा झुन्डिएर आत्महत्या गरेकी छन्।
राइले मंगलबार कुवेतको जाहारा भन्ने स्थानमा आफु कार्यरत घरमै आत्महत्या गरेकी हुन्।
नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनका अनुसार सो घटनाबारे थप जानकारी आउन बाँकी छ।
उनको नेपालको ठेगाना, अन्य जानकारीहरु र राहदानी समेत दुताबासमा आउन बाँकी रहेको र प्रहरीले आत्महत्याको बारेमा प्रारम्भिक जानकारी गराएको छ। दुताबासले आबश्यक कानुनी प्रकृयाका लागि काम शुरु गरिसकेको छ।