नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैटौं महाधिवेशन सम्पन्न भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष रञ्जनराज कुँवर अध्यक्षमा निर्वाचित भएका छन्।
अध्यक्षका प्रत्यासी सन्दिप पाण्डेलार्इ २ मतले पराजित गर्दै कुँवर निर्वाचित भएका हुन्। खसेकाे कुल ३४ मध्ये १८ मत रञ्जनकाे पक्षामा खसेकाे थियाे भने १६ मत सन्दिपले पाएका थिए। ४२ जना मतदाता रहेकोमा निर्वाचनमा ३४ मत मात्रै खसेकाे थियाे।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा किशन गौतम, उपाध्यक्षद्वयमा दुर्लभबन्धु पोखरेल र रेश्मा राई, महासचिवमा मीनबहादुर विक, सचिवद्वयमा केशव पोखरेल र निकुञ्ज तिवारी तथा कोषाध्यक्षमा बबिता अाेली क्षेत्री निर्वाचित भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा वामदेव देवकोटा, कृष्णप्रसाद न्याैपाने, गरूदत्त न्याैपाने, सविना कार्की, कृष्णप्रसाद शर्मा र हरिप्रसाद अधिकारी निर्वाचित भएका छन्।
केन्द्रीय पार्षदमा खेम कार्की, डम्बर सुब्बा, यम शिरीष मगर र किशाेर काेइराला निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य आदर्श केसीले जानकारी दिए। सहमति नभएपछि अन्तिममा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियाे।
कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ अध्यक्ष गाेविन्द्र आचार्यले पेशागत मर्यादा जाेगाउन पत्रकारहरुलार्इ निर्देशन दिँदै राज्यले मिडियाका लागि ल्याएका केही ऐनहरु संशोधन गर्न महासंघ अान्दाेलनमा उत्रिएकाे बताए। विदेशमा पत्रकारिता गर्न अत्यन्तै ठूलो समस्या र चुनाैती रहेकाे भन्दै अध्यक्ष आचार्यले महासंघ यसबारे गम्भीर भएको बताए।