दक्षिण अफ्रिकाको जोहानेसबर्गको डीपस्लुट एक यस्तो खतरनाक क्षेत्र हो, जहाँ हरेक तेस्रो व्यक्ति बलात्कारी छन् । यहाँ महिलाको बलात्कार हुनुु सामान्य घटनाजस्तै हुन् । डीपलुस्टका दुुई युवाले बीबीसीसमक्ष अहिलेसम्म आफूले कयौं महिलाको बलात्कार गरेको बताए । क्यामराका सामु यसोभन्दा उनीहरुको अनुहारमा कुनै पश्चाताप थिएन । ती युवाका अनुसार उनीहरुलाई बलात्कार गलत काम हो भन्ने थाहै थिएन । उनीहरुले बलात्कार पीडितका पीडालाई बुझ्ने कोशिश नै गरेनन् ।
उनीहरुले आरामसाथ आफ्नो आपराधिक कथा बीबीसीसमक्ष बताए । उनीहरुले भने, ‘महिलाले ढोका खोलेपछि हामी उसको घरमा पस्थ्यौं, चक्कु निकाल्थ्यौं, महिला चिच्याउथिन्, हामी धम्कीपूर्वक उनलाई चुप लाग्न भन्थ्यौं, अनि बिछ्यौंनामा लगेर बलात्कार गथ्र्यौं ।’ दुुई युवकमध्ये एकजना अर्कोतर्फ फर्केर बोल्यो, ‘यहाँसम्म कि मैले यसैको सामुन्ने यसकी गर्लफ्रेण्डलाई बलात्कार गरें ।’
शहरमा तीनमध्ये एकजनाले कम्तीमा एकपटक बलात्कार गरेकै हुन्छन् । यो संख्या यहाँको जनसंख्याको ३८ प्रतिशत हो । यो कुरा सन् २०१६मा गरिएको सर्वेक्षणबाट सार्वजनिक भएको हो । यो सर्वेक्षणका लागि युनिभर्सिटी अफ विटवाटर्सरन्डले २६०० भन्दा बढी व्यक्तिसँग कुरा गरेका थिए । केही व्यक्तिले एकै महिलालाई दुुईपटक बलात्कार गरे ।
मारिया नामकी महिलालाई उनकै घरमा बलात्कार गरियो । जतिबेला उनको बलात्कार भयो, उनकी छोरी नजिकैको कोठामा सुतिरहेकी थिइन् ।
‘म छोरी नउठोस् भनेर प्रार्थना गरिरहेकी थिएँ, ती मानिसले उनलाई पनि नोक्सान पु¥याउने मलाई डर थियो,’ उनी भन्छिन् । बलात्कारीहरु उनलाई धम्क्याइरहेका थिए, ‘हामी तिमीलाई पिट्दैनौं, तर हामी जे गर्न चाहन्छौं, गर्न देऊ ।’ उनीहरु मारियालाई दोस्रोपटक बलात्कार गरिरहेका थिए ।
निकै थोरैमात्र महिलाले बलात्कारीको विरोध गर्छन् । डीपलुस्टमा मानिसहरु बलात्कार अपराध नभएको ठान्छन् ।बलात्कारीलाई कुनै सजायँ छैन
तीन वर्षयता डीपलुस्टमा बलात्कारको ५ सय उजुरी दर्ता भए । तर कसैलाई पनि कारवाही भएन । बलात्कारको मामलामा मात्र नभई यहाँ अन्य अपराधप्रति पनि कानुन काम लाग्दैन । स्थानीय पत्रकार गोल्डन एमटिका अपराध रिपोर्टिङ गर्छन् । उनका अनुसार रातको समयमा डीपलुस्टको सडकमा निस्कनु निकै खतरनाक मानिन्छ । केही नराम्रो भइहाले पनि सहयोग पाउन मुस्किल छ । यहाँ राती १० या ११ बजे कसैको पनि हत्या हुन सक्छ । प्रहरीले भोलिपल्टसम्म उसको शव उठाएको हुँदैंन । ‘यहाँ कानुनभन्ने कुरा नै हुँदैंन, यस्तो अवस्थामा कयौं ठूला अपराध हुन्छन्,’ एमटिका भन्छन् ।
दोषीलाई प्रशासनले कारवाही नगर्दा यहाँका मानिसहरु कानुन हातमा लिन्छन् । अपराधीलाई सजायँ दिन मानिसहरु उसलाई पिटी–पिटी मार्छन् । एमटिकाका अनुसार एकपटक भीडले पेट्रोल छर्केर आगो लगाई तीन जनाको हत्या गरेको थियो । त्यो घटना आँखै सामुन्ने हुँदा पनि आफूले केही गर्न नसकेको उनी बताउँछन् । डीपलुस्टका एक बासिन्दाका अनुसार बलात्कारीहरु घरमा प्रवेश गर्छन् । आफ्नै आँखा सामुन्ने पत्नीको बलात्कार गर्छन् र भन्छन्, ‘हेर मैले कसरी तिम्रो पत्नीको बलात्कार गरिरहेको छुु ।’
डीपलुस्टलाई गहिरो खाडल पनि भनिन्छ र यहाँका मानिस ठान्छन्, ‘उनीहरु यही गहिरो खाडलमा फसिरहेका छन् ।’यो शहर गरिबी र बेरोजगारीको समस्याबाट जुझिरहेको छ । महिलाविरुद्ध अपराध र बलात्कार सँस्कृतिले यहाँको आर्थिक स्थिति झन् दयनीय बनाइरहेको छ ।
बीबीसी हिन्दीबाट