४ वर्षअघि नाओको र ताकायुकि इदा दम्पतीले ओकुतामा शहरमा २ तले घर पाए सित्तैमा । त्यसअघि उनीहरु आफ्ना बालबच्चासहित आफन्तकहाँ बस्थे । बगैंचासहित गाउँमा घर होस् भन्ने इच्छा राखेका उनीहरु त्यहाँ सरे।
सित्तैमा घर । कुनै धोखाधडीजस्तै लाग्न सक्छ । तर यो जापानले भोगेको अचम्मलाग्दो समस्या हो । सित्तैमा पाइने घर जापानमा लाखौं छन् । त्यसका लागि केही कर र कमिसन शुल्क तिरे पुग्छ ।
सन् २०१३ मा जापानमा ६ करोड १० लाख घर थिए भने बस्ने परिवार ५ करोड २० लाख । जापानको जनसंख्या सन् २०६५ सम्ममा १२ करोड ७० लाखबाट घटेर ८ करोड ८० लाख हुने अनुमान नेशनल इन्सिच्युट अफ पपुलेसन एण्ड सोसल सेक्युरिटीले गरेको छ । यसको अर्थ हो, अझै कम मानिसलाई घर चाहिन्छ । युवाहरु गाउँ छाडेर शहरतिर बसाई सर्ने क्रम तीब्र हुँदैं जाँदा जापानका ग्रामीण भेगका घरहरु ‘भूत घर’ अर्थात् स्थानीयभाषामा अकियामा परिणत भएका छन् । एक अनुमानअनुसार अहिले जापानभर ८२ लाख खाली घर छन् । सन् २०३३ सम्म यस्तो घर १ करोड हुने अनुमान गरिएको छ ।
सन् २०४० सम्ममा ९०० शहर र गाउँ अस्तित्वमै रहने अनुमान गरिएको छ । त्यसमध्ये ओकुतामा पनि एक हो । ‘सन् २०१४ मै हामीले टोकियो प्रिफेक्चरका तीन गाउँ २०४० भित्र विलिन भइसक्ने पत्ता लगाएका थियौं,’ सरकारले पुनः मानिसहरु ल्याउन गठन गरेको ओकुतामा युथ रिभाइटलाइजेसन विभागका एक अधिकारी काजुताका निजिमाले भने ।
सन् १९६० मा ओकुतामामा १३ हजार जनसंख्या थियो । तर मानिसहरु बसाई सर्दै जाँदा अहिले यहाँको जनसंख्या ५२०० मात्र छ । सन् २०१४ मा खाली भएका घरमा पुन बसोबास गराउन निःशुुल्क घर दिने उद्देश्यले ‘अकिया बंैक’ स्थापना गरियो । अहिले यस्तो बैंक जापानभर छ ।
निःशुल्क घर या सरकारबाट मर्मत सहयोग पाउन केही शर्त भने राखिएका छन् । जसअनुसार घर पाउने व्यक्ति ४० वर्षमुनीको र बच्चा १८वर्षमुनीको हुनुपर्नेछ । साथै, उक्त शहरमा बस्ने प्रतिबद्धता जनाएको र घरलाई अपग्रेड गर्न लगानी गर्ने हुनुपर्छ ।
सित्तैमा नभई बिक्री हुने खाली घर पनि छन् । ओकुतामामा त्यस्ता घरलाई ५० हजार जापानी येन प्रति महिना तिर्नुपर्छ । २२ वर्षपछि घरको स्वामित्व हासिल हुनेछ । तर धेरै बालबच्चा भएका परिवारले भने सित्तैमा पनि पाउन सक्ने अवस्था हुन्छ । एक बच्चा बराबर ५ हजार येन घट्छ । १० बच्चा छन् भने पूर्ण निःशुल्क हुने सम्भावना हुन्छ ।
ओकुतामामा रहेका ३ हजार घरमध्ये ४सय घर खाली छन् । तीमध्ये आधामात्र मर्मत गर्न मिल्ने अवस्थामा छन् । बाँकी कि त नष्ट भएका छन्, कि पहिरोको खतरामाछन् ।
मानिसहरुले घर छाड्दै हिड्दै गर्न थालेपछि जापान सरकारले २०१५ मा एउटा कानुन पास गर्यो । जसअनुसार खाली घरलाई कि भत्काउनुपर्ने कि मर्मत गर्नुपर्ने नियम ल्याइयो । यस्तै, जमीन खाली गर्नेलाई बढी कर लगाइयो ।
ओकुतामाका ९ वटा खाली घरमा बस्ने मानिस पाइएको छ । तिनीहरु जापानीमात्र नभई न्युयोर्कदेखि चीनसम्मका छन् । यसैले अकियाको निःशुल्क घर योजना जापानी नागरिकमा मात्र सीमित छैन । विदेशी पनि यो योजनामा समावेश भएका छन् । एजेन्सीबाट