टर्कीका स्वास्थ्य मन्त्रीले ११ जना मानिसहरूको उद्धार गरिएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको बताएका छन्।आपतकालिन उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन्।खानीमा हराइरहेकाहरूका आफन्तहरू पनि उद्धारको पर्खाइमा बसिरहेका देखिन्छन्।