Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Friday, September 29, 2023 | शुक्रबार, असोज १२, २०८०
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
विदेश
  • गृहपृष्ठ
  • विदेश
नोयडास्थित ‘ट्विन टावर’ भत्काइयाे
स्पेसखबर
स्पेसखबर नयाँदिल्ली, १२ भदाै
नोयडास्थित ‘ट्विन टावर’ भत्काइयाे

नोयडामा रहेका ‘सुपरटेक ट्विन टावर’ लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ । अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको बताउँदै आइएको थियो । विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय राजधानीको ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला भएका कारण यसले मीनारको महत्वलाई ओझेलमा पारेको थियो ।

भवन निर्माण गैरकानुनी रहेको भन्दै परेको मुद्दामाथि सुनुवाईपछि भएको फैसलामा सर्वोच्च अदालतले टावरहरू भत्काउन अनुमति दिएको थियो । अदालतको आदेशपछि अगस्ट २१ का लागि तय गरिएको यो काम नोएडा प्राधिकरणको अनुरोधमा २८ अगस्टसम्म लम्ब्याइएको थियो ।

भत्काइएका ३२ तल्ले एपेक्स र २९ तल्ले सियान नामक ती भवनहरू मीनारभन्दा १०० मिटर अग्ला थिए । दुई गगनचुम्बी भवनहरू भत्काउन कम्तीमा तीन हजार ७०० किलोग्राम वजनको विस्फोटक पदार्थ प्रयोग गरिएको बताइएको छ ।

कुतुब मीनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मीनार हो र यो विश्व सम्पदा क्षेत्रमा सूचीवद्ध रहेको छ । एउटा बटन थिचेर विस्फोट गराइएको नौ सेकेन्डपछि टावरको भग्नावशेष जमिनमा थुप्रो लागेको छ भने भवन भत्किँदा निस्केको धूलोले उक्त क्षेत्रको बस्ती र निकै माथि उचाइसम्म ढाकेको थियो ।

धुलो र विष्फोटबाट निस्केको धुँवाका कारण वरपरको वायुमण्डल प्रदूषित देखिएको छ । यद्यपि, उत्तर प्रदेश सरकारको वातावरण विभागले प्रदूषणको स्तर अनुगमन गर्न भत्काइएको स्थानमा ६ वटा विशेष धुलो मेशिन जडान गरेको छ । भत्काइएको ठाउँ नजिकैको क्षेत्रमा आकाश र जमिनको सतहमा रहेको धुलोलाई ‘एन्टी स्मोग गन’ले हावामा पानीका थोपाहरू छर्केर तल झारेको थियो ।

उत्तर प्रदेशको नोयडामा रहेको सुपरटेक ट्विन टावर भत्काइएपछि धुलोको बादल मडारिएको अवस्थामा स्वास्थ्य विज्ञले आसपासका क्षेत्रका बासिन्दालाई घरभित्र बस्न, ढोका बन्द गर्न र घरका झ्यालहरू बन्द राख्न, हावा शुद्ध पार्ने उपकरणहरू प्रयोग गर्न र घरबाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिएका छन् ।

भत्किएको सुपरटेक ट्विन टावरको भग्नावशेष जमिनमा खस्ने क्रममा आसपासमा धुलोको बादलसँगै उक्त क्षेत्र उजाड देखिएको छ । सेक्टर–९३–ए नजिकका अस्पतालहरूले सावधानीका उपायहरू अपनाउँदै आवश्यक परेको खण्डमा आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने तयारी गरेको बताएका छन् ।

सुपरटेक ट्विन टावर रहेको स्थानदेखि करिब चार किलोमिटरको दूरीमा रहेको फेलिक्स अस्पतालकी निर्देशक डा. रश्मी गुप्ताले एएनआईसँग कुरा गर्दै आफूहरु कुनै पनि प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहेको बताए । डा गुप्ताले भने, “म वरपरका मानिसहरूलाई घरभित्र बस्न, घरको ढोका र झ्याल बन्द गर्न, ‘एयर प्युरिफायर अन’ गर्न, बाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिन्छु ।”

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९, ०६:३६:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
  • प्रधानमन्त्री दाहाल ल्हासामा
  • एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
  • संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
  • स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्ष जेल सजाय
राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्ष जेल सजाय
चीनमाथि प्रतिबन्ध लगाउने अमेरिकाकाे चेतावनी
चीनमाथि प्रतिबन्ध लगाउने अमेरिकाकाे चेतावनी
टर्कीमा शक्तिशाली भूकम्पमा परी २ हजार  भन्दा बढीको मृत्यु
टर्कीमा शक्तिशाली भूकम्पमा परी २ हजार भन्दा बढीको मृत्यु
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको निधन
भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँगकाे सम्झौता त्रुटिपूर्ण : क्यान
भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँगकाे सम्झौता त्रुटिपूर्ण : क्यान
दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टीको बहुमत
दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टीको बहुमत
  • ताजा समाचार
  • ट्रेण्डिङ
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री दाहाल ल्हासामा
प्रधानमन्त्री दाहाल ल्हासामा
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
एमालेको सरकार ढालेर कांग्रेसको शरणमा जानेहरुले नेकपा ब्युँताउने सपना नदेखे हुन्छः केपी ओली
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राखिने 
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
संखुवासभा कांग्रेसका सभापतिले किन दिए राजीनामा?
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रका बेथिति टुलुटुलु हेरेर बस्दिनः स्वास्थ्यमन्त्री बस्नेत
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण 1
चिकित्सक आक्रमणको निधिद्धारा निन्दा, कार्बाहीका लागि सरकारको ध्यानाकर्षण
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात 2
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ 3
भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित 4
मुस्लिम संघको महाधिवेशनमा सभापति देउवा अभिनन्दित
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह 5
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
सूचना - प्रविधि थप
चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल चीनका विद्यार्थीले बनाए अचम्मको कोट, लगाउँदा नै गायब हुन्छ, सेक्युरिटी क्यामेरा पनि फेल
गुगलमा सर्च गर्दा नगर्नुहोस् यी गल्ती, नत्र तपाईको बैंक खाता खाली हुन सक्छ
के तपाईंकाे व्हाट्सएप फोटो र भिडियोहरूले भरिएको छ? आफ्नो स्मार्टफोनलाई यसरी खाली गर्नुहोस्
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2023 All rights reserved. Site by: SoftNEP