अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ।
चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।चीनले गरेकाे क्षेप्यास्त्र प्रहारबाट ताइवानको हवाइ र समुद्री मार्गमा नै असर परेकाे समाचारमा जनाइएकाे छ ।
बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ ।पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमानहरू ताइवान क्षेत्रमा प्रवेश गरेको छ ।अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ ।