श्रीलंकाकाे प्रधानमन्त्रीमा सत्तारुढ दल पोदुजना पेरामुना(एसएलपीपी) का सांसद दिनेश गुणावर्धने नियुक्त भएका छन् ।
शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गराए । रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।
७३ वर्षीय गुणावर्धनेले यसअघि विदेश, गृह र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । राष्ट्रपति र प्रधानमन्त्री नियुक्ति भएसँगै श्रीलंकाली सेना र प्रहरीले सरकारविराेधी प्रदर्शन दबाउन थालेका छन् ।
राष्ट्रपति कार्यालय सेनाले नियन्त्रणमा लिइसकेको छ भने प्रदर्शनकारीका टेन्टहरू भत्काइदिएको छ ।प्रदर्शनकारी राजापाक्षे परिवारप्रति मात्र नभएर विक्रमासिंघेप्रति पनि रुष्ट छन् ।