पाकिस्तानकाे सर्वाेच्च अदालतले त्यहाँकाे संसद पुनस्र्थापना गर्दै प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन आदेश दिएको छ ।
सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए ।अदालतको यो फैसला प्रधानमन्त्री इमरानका लागि ठूलो झड्का हो ।विपक्षी नेताहरुले भने अदालतको फैसलाको स्वागत गरेका छन् ।