दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ। तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन।चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ।विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका देखिन्छन्।