रुसले आज दाेस्राे दिन पनि युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण जारी राखेकाे छ। राजधानी किभमा बिहानैदेखि लगातार विस्फोटकाे आवाज सुनिएकाे छ। हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।
युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएका छन् ।राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा प्रदर्शन भएका छन् । प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।
युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ।