विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई 'ओमिक्रोन' नाम दिइएको छ ।यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै डब्लूएचओले सतर्क रहन भनेकाे छ।
वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।यसबाट संक्रमण फैलिने खतरा बढी रहेको डब्लूएचओको भनाइ छ ।
संक्रमण फैलिन सक्ने भन्दै विश्वका धेरै देशले दक्षिण अफ्रिका जान-आउन प्रतिबन्ध लगाइसकेका छन् ।अमेरिकाले पनि सोमबारदेखि यी मुलुकका अलावा मोजाम्बिक र मलावीबाट आउने उडान रोक्ने निर्णय गरेको छ ।यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।
डब्लूएचओले उक्त भेरिएन्ट दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेटिएको जनाएकाे छ।