विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड-१९ को संक्रमणबाट आगामी चार महिनामा युरोप र एसियामा गरी थप सात लाख मानिसको मृत्यु हुने चेतावनी दिएको छ ।
कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ ।
पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः बढ्दै गएकाे छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागू गरेका छन् ।
फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् ।अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ । डब्लूएचओले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेकाे छ ।