चीनमा फेरि काेराेना संक्रमण बढ्न थालेपछि केही शहरमा लकडाउन गरिएकाे छ ।
मंगलबार चीनले ४० लाख मानिस बसोबास गर्ने लान्जोउमा लकडाउन जारी गरेको हाे । त्यहाँका वासिन्दाहरुलाई आपतकालीन अवस्था बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । बेइजिङ सहित पाँच क्षेत्रमा भ्रमणका कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ ।
चीनले सुरुवातदेखि नै भाइरस नियन्त्रण गर्न सिमाना र देश भित्रै पनि एकदमै कडाइ गर्दै आएको छ ।चीनमा हाल फैलिरहेको भाइरस डेल्टा भेरियेन्ट भएकाले पनि चिन्ताजनक मानिएको हो । अक्टोबर १७ पछि त्यहाँ १९८ मा संक्रमण फैलिसकेको छ । यस्तोमा स्वास्थ्यविद्हरुले सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिँदै परीक्षणलाई तिब्र पारिरहेका छन् ।
यी सबै नयाँ संक्रमण स्थानीय पर्यटनको समूहसँग सम्बन्धित रहेको बताइएको छ । आइतबार बढ्दो संक्रमणकै कारण तीस हजार बढी खेलाडी सहभागी हुने म्याथाथोनको कार्यक्रम स्थगित गरिएको थियो ।
बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमण दर अत्यन्तै थोरै लागेपनि चीनले महामारीको सुरुवात देखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ ।
त्यसैगरी अब १०० दिन मात्र बाँकी रहेको जाडोयामको ओलम्पिक्सको तयारीका लागि भनेर पनि निकायहरु संक्रमण नियन्त्रण गर्न समर्पित भएर लागिरहेका छन् ।
यसअघि शिनुवा न्युज एजेन्सीले रिपोर्ट गर्दै भित्री मंगोलिया क्षेत्रमा पार्टीका सचिवलाई महामारी रोकथाम र नियन्त्रणमा कमजोर प्रस्तुती देखाएको भन्दै पदबाट निकालिएको खबर गरेको थियो । त्यहाँ पनि नयाँ संक्रमित थपिने क्रम जारी छ ।
यसरी अबका दिनहरुमा ११ प्रान्तमा ठूलो स्तरका कोभिड परीक्षण सञ्चालन गरिने तयारी भइरहेको छ । भने बेइजिङ सहित पाँच क्षेत्रमा भ्रमणका कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ । एनडीटीभी