अमेरिकाका विभिन्न राज्यमा भीषण आँधीसँगै आएको बाढीका कारण तीन जना नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ का आङगेलु लामा, श्रीमती मिङ्मार शेर्पा र एक बालक रहेका छन् ।
बाढीमा परी न्युयोर्कमा १४ जना,न्युजर्सीमा २३ जना र पेन्सिल्भानियामा ५ जनाको मृत्यु भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाइएकाेछ ।यसैगरी मेरिल्यान्ड र भर्जिनियामा समेत बाढीले ठूलो क्षति पुर्याएको छ ।