तालिबानले विद्राेहीले अफगानिस्तान नियन्त्रणमा लिएपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्।
देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ।कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा विमानस्थलमा ठूलो भिडभाड भएको थियाे ।