हैटीका राष्ट्रपतिको गोली हानी हत्या गरिएकाे छ।
राष्ट्रपति जोभेनल मोइसेको राजधानी पोर्टओ प्रिन्सस्थित निवासमै बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरिएको हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै फ्रान्सेली समाचार संस्था एएफपीले जनाएकाे छ ।
स्थानीय समय अनुसार राति १ बजे केही हतियारधारी समूहले आक्रमण गरेका थिए ।घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्।
५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।