चिनियाँ वैज्ञानिकहरूले नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन्।
'ड्रागन म्यान' उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।सो खप्पर उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन्।
यो प्रजाति नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरिएकाे छ।यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन्।चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ।हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ, चिनियाँ वैज्ञानिक सिजुङ् नीले भने।यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ।
'ड्रागन म्यान'को ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ।वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन् ।ूगएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,उनले बीबीसी न्यूजलाई भने।अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ।