चीनको ‘सिनोभ्याक’ कम्पनीको कोभिड खोपलाई पनि विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगको अनुमति दिएको छ।डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।
सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।यो खोप पनि दुई मात्रा लगाउनुपर्छ । आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनुका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ ।
अनुमति प्राप्त हुनु भन्दा अगाडि नै सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा लगाउन थालिसकिएको थियो।
सिनोभ्याकका अनुसार स्वदेश र विदेश गरी ४३ करोड ले याे खाेप लगाइसकिएका छन्।सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ। बीबीसी