बैबाहिक सम्बन्धको २७ बर्षपछि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका दम्पत्तिले सम्बन्ध बिच्छेदको घोषणा गरेका छन्।
माइक्रोसफ्ट कम्पनीबाट सम्पत्ति आर्जन गरी बिश्वकै चौथो धनी व्यक्तिको सूचीमा रहन सफल बिल गेट्स र मेलिन्डा गेट्सबीचको सम्बन्ध बिच्छेद भएको औपचारिक घोषणा सामाजिक सञ्जालमार्फत उनीहरुले गरेका हुन्।
ट्वीटरमा लेखेका छन्, ‘राम्रो सोच विचार तथा सम्बन्ध सुधारका लागि धेरै काम गरेपछि हामी वैवाहिक सम्बन्ध अन्त्यको निर्णयमा पुगेका छौँ।’
सन् १९८० को दशकमा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम थालेपछि उनीहरुबीच भेट भएको थियो। उनीहरुले संयुक्त रुपमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आएका छन्। यो संस्थाले संक्रामक रोग नियन्त्रण प्रयासका लागि अर्बौँ डलर खर्च गरेको छ भने बालबालिकालाई खोप सहयोग गर्ने गरेको छ। उनको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर बराबर छ ।
उनीहरुका तीन सन्तान छन् ।