इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ ।कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा दर्जनौँ घाइते भएका छन् ।
बीबीसीका अनुसार अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो । सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेका छन् ।
यसैबीच, इराकका प्रधानमन्त्री मुस्तफा अलकाधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् । दुइदिन अघि भारतकाे एक काेराेना अस्पतालमा पनि अागलागी भएकाे थियाे । त्यहाँ पनि थुप्रैले ज्यान गमाए ।